अपराध सुरक्षा

नियमित महिनावारी नभएको भन्दै श्रीमतीको हत्या

नियमित महिनावारी नभएको भन्दै श्रीमतीको हत्या
फागुन ७ । तीन महिनाको प्रेमपछि धनगढी–१२ जुगेडाकी अञ्जली सिंहले गाउँकै हिक्मतबहादुर सिंहसँग भागी बिहे गरिन् । उनीहरूले डेढ महिनाअघि मात्र बिहे गरेका थिए । तर, जसलाई उनले आफ्नो बनाइन, उनैले अञ्जलीको ज्यान लिए । जुगेडाका हिक्मत र अञ्जली साथीहरूमार्फत नजिकिएका थिए । १६ वर्षीया अञ्जली शारदा माध्यमिक विद्यालय जुगेडामा कक्षा ९ मा पढ्दै थिइन् । तर, बिहेअघि उनले पढाइ छाडिसकेकी थिइन् । २२ वर्षीय हिक्मत सेनाका भगौडा हुन् । सेनामा भर्ती भएर आठ महिना तालिम गरेपछि लागुऔषध सेवन गरेको भेटिएपछि उनी निकालिएका हुन् । हिक्मत साथीहरूमार्फत अञ्जलीसँग नजिकिए । झन्डै तीन महिना प्रेम भयो । उनीहरूले गत ८ पुसमा भागी बिहे गरे । भागी बिहे गरेकाले माइती पक्षले स्वीकार गरेको थिएन । तर, माइतीसँग कुराकानी भने चलिरहेको थियो । हिक्मत र अञ्जली परिवारसँग छुट्टिसकेका थिए । हिक्मतले प्रहरीलाई दिएको बयानअनुसार उनीहरूको परिवार ठीकै चलिरहेको थियो । तर, अञ्जलीको नियमित महिनावारी नभएको विषयलाई लिएर विवाद सुरु भयो । अञ्जलीले आफ्नो चार–पाँच महिनामा एकपटक मात्र महिनावारी हुने समस्या रहेको बताइन् । तर, हिक्मतले पत्याएनन् । उनले उल्टै अञ्जलीमाथि शंका गर्न थाले । उनले अरू कसैको गर्भ बोकेर आफूलाई धोका दिएको महसुस गर्न थाले । मदिरा र गाँजा खाएर हत्या प्रहरी नायब उपरीक्षक डिएसपी वीरबहादुर बुढा मगरका अनुसार २७ माघ मध्यराति हिक्मतले अञ्जलीको हत्या गरेका हुन् । उनले त्यही दिन बिहान मात्र हत्या गर्ने योजना बनाएका थिए । सो दिन आफ्ना दुई साथी रोजगारीका लागि भारत जाने भएकाले उनी गौरीफन्टासम्म पु¥याउन गए । त्यतै मदिरा पिए । फेरि घरनजिकैको भट्टीमा ११ बजेसम्म मदिरा पिए । बल्ल उनी घरतिर लागे । घरनजिक पुगेपछि गाँजा पनि खाए । घर पुग्दा रातको १ बजिसकेको थियो । घर पुग्नेबित्तिकै उनले अञ्जलीमाथि आक्रमण गरे । प्रहरीलाई दिएको बयानअनुसार उनले जुटको डोरीले घाँटी कसेर हत्या गरेका थिए । हत्यापछि घरबाट करिब ५० मिटरपर बाँसघारीमा खाडल खनेर शव पुरे । श्रीमती हराएको उजुरी श्रीमतीको हत्या गरेर राति नै पुरेपछि भोलिपल्ट उनी हराएको भन्दै प्रहरीमा पुगे । यसअघि माइती पक्षले अञ्जली हराएको उजुरी दिइसकेको थियो । आफैँले जंगलआसपासका क्षेत्रमा खोजबिन गरेको नाटक पनि गरे । तर, प्रहरीले अनुसन्धानका क्रममा उनको घरदेखि झन्डै सय मिटरको दूरीमा गाडेको अवस्थामा अञ्जलीको शव फेला र्पायो । ३ फागुन बेलुकी प्रहरीले शव फेला पारेको थियो । प्रहरीले हत्यामा प्रयोग भएको डोरी र खाल्डो खन्न प्रयोग गरिएको फरुवासमेत बरामद गरेको छ । प्रहरीले अञ्जलीको शव उत्खनन गरेपछि पोस्टमार्टमका लागि पठाएको थियो । शव आफन्तको जिम्मासमेत लगाइसकेको छ । तर, मृतकका आफन्तले भने हिक्मत एक्लैले हत्या गरेकोमा विश्वास गरेका छैनन् । मध्यराति हत्या गरेपछि एक्लैले खाल्डो खनेर गाड्दासम्म परिवारका कसैले थाहा नपाउनु शंकास्पद भएको मृतककी आमा सरिता सिंहले बताएकी छिन् । आमा सरिता सिंहले हिक्मतका परिवारका अरू सदस्यलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेकी छिन् । दुवैबीच तीन महिनादेखि प्रेमसम्बन्ध थियो । डेढ महिनाअघि उनीहरूले भागी बिहे गरे । त्यसपछि अञ्जली हिक्मतको घरमा बस्न थालेकी थिइन् । उनीहरूले ८ पुसमा भागी बिहे गरेका हुन् । अञ्जली हिक्मतलाई निकै माया गर्थी । २७ माघमा अञ्जली हराएको खबर आयो । हामीलाई विश्वास गर्नै गाह्रो भयो । किनभने, उनीहरूले बिहे गरेको डेढ महिना पनि भएको थिएन । एक–अर्कालाई माया गरेरै बिहे गरेका थिए । अञ्जलीले घर छाड्ने कारणै थिएन । पछि, हिक्मतले नै हत्या गरेको थाहा पायौँ । तर, यो उसले मात्र गर्न सक्ने काम होइन । हामीले अहिले बुझेअनुसार घरका मानिसले पनि अञ्जलीलाई मन पराएका थिएनन् । उनीहरूले विभिन्न बहानामा यातना दिने गरेका थिए । धम्क्याउने पनि गरेका थिए । परिवारै मिलेर उनको हत्या गरिएको हो । परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण छोराछोरीको खर्चका लागि म भारतमा बस्दै आएकी छु । श्रीमान्को गत वर्ष मृत्यु भएको थियो । श्रीमान्को मृत्युपछि आर्थिक बोझ थपिएकाले कामका लागि भारत गएकी हुँ । मृतककी आमाले भनिन् । अञ्जलीको हत्या हिक्मत एक्लैले नभई परिवार नै मिलेर गरेको देखिन्छ । हत्यापछि एकजनाले मात्र बाँसघारीसम्म लगेर खाडल खनी शवको व्यवस्थापन गर्न नसक्ने । छोरीको हत्या गर्ने अपराधीलाई कानुनी सजाय दिइए आफूले न्याय पाएको महसुस गर्नेछु । हिक्मतले प्रहरीलाई दिएको बयानअनुसार हत्या माघ २७ गते मध्यरातमा भएको हो । उनले त्यही दिन बिहान मात्र आफ्नी पत्नीको हत्या गर्ने योजना बनाएका रहेछन् । आफ्ना दुई साथीहरू रोजगारीका लागि भारत जाने भएकाले उनी गौरीफान्टासम्म र्पुयाउन गए । त्यतै मदिरा पिए । घरनजिकैको भट्टीमा ११ बजेसम्म मदिरा पिएका उनी मध्यरातमा घरतिर लागे । घरनजिक पुगेपछि पनि गाँजा खाए । राति करिब १ बजेतिर सुतिरहेकी श्रीमतीमाथि आक्रमण गरे । उनले बाबियोको डोरीले घाँटी कसेर हत्या गरेको बयान दिएका छन् । हत्यापछि घरबाट करिब ५० मिटरपर बाँसघारीको खोल्सामा खाडल खनेर शवलाई पुरे । माघ २७ गतेबाट छोरी बेपत्ता रहेकाले खोजी गरिदिन माइती पक्षबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो । लगत्तै थालिएको अनुसन्धानका क्रममा युवतीको शव युवक हिक्मत सिंहको घरनजिकै खाल्डो खनेर घोप्टो पारिएको अवस्थामा फेला पारेका थियौँ । अञ्जलीको नियमित महिनावारी नभएको विषयलाई लिएर विवाद सुरु भएको रहेछ । अञ्जलीले आफ्नो चार–पाँच महिनामा एकपटक मात्र महिनावारी हुने समस्या रहेको बताउँदा हिक्मतले पहिला त पत्याएको रहेछ । पछि भने अञ्जलीमाथि शंका गर्न थालेको रहेछ । उनले अरू कसैको गर्भ बोकेर आफूलाई धोका दिएको मससुस गर्न थालेपछि हत्या गरेकोे स्वीकार गरेको छ । नयाँ पत्रिका

hatya

विशेष