अर्थ कर्पोरेट

जीविकोपार्जनका लागि नगद वितरण

जीविकोपार्जनका लागि नगद वितरण
फागुन - ७ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्प प्रभावितको जीविकोपार्जनका लागि शुक्रबारदेखि नगद वितरण सुरु गरेको छ ।रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले चाँगुनारायण–१७ झौखेल निवासी एकल महिला गणेशमाया दनेखुलाई नमुना चेक हस्तान्तरण गरी नगद वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्। चाँगुनारायण – ६ र १७ का दुई सय १२ परिवार भूकम्प प्रभावितलाई पहिलो किस्ता बैंक मार्फत वितरण गरियो ।  जिप्रका भक्तपुरले तोकिदिएकोे जिल्लाका विभिन्न नगरपालिकाका २१ वटा वडाको करिब तीन हजार एक सय घरधुरीलाई रु २० हजारका दरले नगद अनुदान सहयोग वितरण गर्ने कार्यक्रम छ ।

नगद वितरण

विशेष