अपराध सुरक्षा

खैरो हिरोइनसहित युवक पक्राउ

खैरो हिरोइनसहित युवक पक्राउ
फागुन - ७ । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले सिरहाको कसहाबाट शनिबार एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कसहाबाट खैरो हिरोइनसहित सिरहाको गोलबजार–६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो हिरोइन बरामद भएको इलाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए ।पक्राउ परेका राईले पूर्वी नेपालको काँकडभिट्टा पारी भारतीय बजार पानीट्यांकीबाट लागुपदार्थ हिरोइन ल्याइ सिरहाको गोलबजार, मिर्चैया, उदयपुरको कटारीलगायतको क्षेत्रमा बेच्ने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ

विशेष