अपराध सुरक्षा

कलेजमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो

कलेजमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो
फागुन ८ । भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा बा८च ८८३० नम्बरको भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । तरकारी बिक्री गरेर फर्कंदै गर्दा मध्यपुरथिमि नगरपालिका–१६ बस्ने ३९ वर्षीय प्रेमकृष्ण महर्जनको भ्यानको ठक्करबाट शुक्रबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक रेवती पोखरेलकाअनुसार भ्यानको ठक्करबाट घाइते महर्जनको मध्यपुर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । त्यसैगरी, शनिबार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययन गर्दै आएका १८ वर्षीय अनमोल गौलको मृत्यु भएको छ । भारतको जम्मु–कास्मिरबाट अध्ययनका लागि आएका गौलको शव कलेजमै झुन्डिएको अवस्थामा फेलापरेको पोखरेलले जानकारी दिए । यता, अनन्तलिंगेश्वर नगरपालिका–५ दधिकोटमा २४ वर्षीय आशिष मगर शनिबार बिहान मृत अवस्थामा भेटिएका छन् ।खाङसाङ गाविस–६ सिन्धुली घर भइ दधिकोट बस्दै आएका मगरको मृत्युको कारण खुल्न नआएको प्रहरीको भनाइ छ । तीनओटै शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंमा लगिएको छ ।

Hanging

विशेष