अपराध सुरक्षा समाज

सीके राउतका कार्यकर्ताले प्रहरीलाई घाइते बनाए

सीके राउतका कार्यकर्ताले प्रहरीलाई घाइते बनाए

फागुन ८ । रुपन्देहीको मझगवामा सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

शनिबार दिउँसो मझगवास्थित मर्चवार उच्च माविको प्रांगणमा आमशभा गर्ने तयारी गरेको कार्यत्रर्तालाई प्रहरीले अवरोध गरेको थियो । हामीले रोक्न खोज्दा प्रदर्शनकारीले आक्रमण गरे, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले भने । स्वतन्त्र मधेसको माग गर्दैै पूर्वतयारीअनुसार गरिएको कार्यक्रमलाई अवरोध गर्न प्रहरी परिचालन गरिएको थियो ।

झडपमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक डम्बर श्रेष्ठ सहितका प्रहरी हवल्दार र जवान घाइते भएका छन् । प्रहरीले गठबन्धनका २१ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

अन्नपूर्ण

CK Raut

विशेष