अपराध सुरक्षा

छात्रा बलात्कार गर्न खोज्ने पक्राउ

छात्रा बलात्कार गर्न खोज्ने पक्राउ
फागुन ८ । छात्रा बलात्कार गर्न खोज्ने एक जनालाई खोटाङमा प्रहरीले पक्राउ गरेको छ । एसेलुखर्कस्थित त्रिभुवन मावि जाँदै गरेकी १७ वर्षिय छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने बाकाचोल ७ का ३० वर्षीय मीनबहादुर पुरी पक्राउ परेका हुन् । एक्लै कलेज जाँदै गरेको मौकामा ऐसेलुखर्कस्थित झेलेडाँडाको जंगलमा पुरीले जबरजस्ती करणी गर्न खोजेको पीडित छात्राले बताएकी छन् । कक्षा १२ मा अध्ययनरत ती छात्रालाई लछारपछार गरिरहेको अवस्थामा स्थानीले उद्धार गरेको प्रहरीले जनाएको छ । उद्धारपछि घर फर्किएकी छात्राले इलाका प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा त्यसै दिन पक्राउ गरिए पनि शनिबार मात्र पीडितले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकी छन् । मिलापत्र गराउन खोजेकोले अहिलेसम्म पनि मुद्दा दर्ता हुन नसकेको स्रोतले बतायो । जाहेरीपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीकार्यालयका डिएसपी नवीनकिशोर प्रधानले बताए । कान्तिपुर

Rape In Khotang

विशेष