अपराध सुरक्षा

हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

फागुन ८ । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् ।

फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान १ बजेदेखि ४ बजेको समयमा फरार भएका हुन् प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । “थुनुवा कक्षको नटबोल्ड तोडेर फरार भएको देखिएको छ ।” फरार विष्टको खोजी कार्य भइरहेको बताए । यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँच जना प्रहरीलाई समेत कारबाही गरिएको बताइएको छ ।

प्रहरी घेराबाटै थुनुवा भाग्नुको रहस्य भने खुल्न सकेको छैन । फरार विष्टलाई भाग्नमा कसैको पनि संलग्नता भएको थाहा पाइएका कडा कारबाही गरीने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । विष्ट यसअघि पनि चरेस मुद्दामा संलग्न रहेको प्रमाणित भएर तीन महिना जेल बसेका व्यक्ति हुन् ।

Police Farar

विशेष