अपराध सुरक्षा

श्रीमानको गम्भिर कुटाईबाट घाइते भएकी महिलाको निधन

श्रीमानको गम्भिर कुटाईबाट घाइते भएकी महिलाको निधन

फागुन ८ । पुस १ गते पतिको कुटाईबाट गम्भीर घाइते भएकी महिलाको दुई महिना ६ दिनपछि शुक्रबार राति मृत्यु भएको छ । पतिले टाउकोमा दाउराले हिर्काउँदा गम्भीर घाइते भएकी उदयपुर भलायडाँडा ३ कि २५ बर्षीया सरिता मोतेको अस्पतालबाट घरमा ल्याएपछि मृत्यु भएको हो ।

घाइते सरिताको होस नआई मृत्यु भएको हो । सुरुमा विराटनगरको लाइफगार्ड अस्पतालमा भर्ना गरिएकोमा पछि भई नोवेल मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गरिएको थियो । गाजा सेवन गरेर आएका पतिले टाउकोमा दाउराले हिर्काउँदा घाइते भएकी सरिताको उपचार सम्भव नभएर घरमै ल्याएपछि मृत्यु भएको ससुरा होमबहादुर मोतेले बताए ।

‘एक कठ्ठा जग्गामा भएको घर ३ लाखमा बेचेर बुहारीको उपचार गरेँ,’ होमबहादुरले भने, ‘भए भरको सबै सम्पत्ति सकेर चन्दा उठाउँदा पनि बुहारी बचाउन सकिन, अब कानुनी कारवाहीको माग गर्छु ।’ जीवनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ। ५ वर्ष अगाडि विवाह भएकी सरिताको ३ वटा सन्तान छन् । सरिताको सबै भन्दा सानो छोरा ५ महिनाको छ।

आमाको मृत्यु भएपछि ५ महिने नावालक सहित २ सन्तानको विचल्ली भएको छ । सरिताको पति जीवनलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाकारी दिएको छ । आर्थिक अवस्था कमजोर भएको मोते परिवारलाई सरिताको उपचारको लागि देश विदेशबाट करिब २ लाख १५ हजार रुपैयाँ सहयोग जुटेको थियो ।

Ghaie mahila

विशेष