अपराध सुरक्षा

श्रीमानद्वारा श्रीमतीलाई पेट्रोल छर्की आगो लगाएर हत्या

श्रीमानद्वारा श्रीमतीलाई पेट्रोल छर्की आगो लगाएर हत्या
फागुन ९ । नवलपरासीको पक्लिहवा–९ सकरदेहीमा घरायसी विवादको क्रममा श्रीमानले श्रीमतीको मट्टितेल छर्केर आगो लगाई हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार ३५ वर्षका निनु मुसहरले ३३ वर्षकी श्रीमती नदेरु मुसहरको मट्टीतेल छर्केर आगो लगाएका थिए । जलेर घाइते भएकी नदेरुको उपचारको क्रममा आइतबार विहान भैरहवा मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार राति निनुले मट्टिेल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी नदेरुलाई उपचारका लागि भैरहवा लगिएको थियो ।

hatya

विशेष