अपराध सुरक्षा

पेस्तोल देखाएर ८ लाख लुटियाे

पेस्तोल देखाएर ८ लाख लुटियाे
फागुन - १० । पाँचजनाको समूहमा घरभित्र पसेका लुटेराको समूहले भक्तपुर नगरपालिका-२ लिवालीस्थित राजकुमार लाखेमरुको घरबाट रु आठ लाख ७५ हजार ६६० लुटेर लगेका छन्। गएराति दुईवटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरब इँटाभट्टाका सञ्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर उक्त रकम लुटेर लगेको पीडित लाखेमरुले बताए। उनले इँटाभट्टामा बुझाउन दराज र कपडामा राखेको उक्त रकम, दुईवटा मोबाइल, इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेको बताए।

लुटपाट

विशेष