अर्थ

कर्मचारीको उपचारमा १० बर्षमा १० करोड !

कर्मचारीको उपचारमा १० बर्षमा १० करोड !

फागुन ११ । सरकारले गम्भीर रोग लागेका निजामती कर्मचारी र तिनका परिवारलाई उपचारस्वरूप पाँच लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउँदै आएको छ ।

कर्मचारीलाई प्रोत्साहनस्वरूप सरकारले उपचार खर्च दिँदै आएको हो । आर्थिक वर्ष ०६१र६२ देखि हालसम्म सरकारले निजामती कर्मचारीलाई उपचारका लागि १० करोड ५५ लाख ६ हजार रुपैयाँ वितरण गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । विभिन्न रोग लागेका दुई सय ८८ कर्मचारीका लागि सो परिमाणको रकम वितरण गरिएको हो ।

सात महिनामा १४ कर्मचारीका लागि ६४ लाख ३७ हजार

निजामती सेवा नियमावली २०५० को नियम ५५ अनुसार कडा रोग ९मुटु, मिर्गौला र क्यान्सर० लागेका निजामती कर्मचारीका श्रीमान् तथा श्रीमतीलाई यो सुविधा दिँदै आइएको छ ।

कर्मचारीका छोराछोरी तथा आमाबुबाका लागि भने यो सुविधा उपलब्ध छैन । मन्त्रालयका अनुसार गत आव ०७२र७३ मा २७ जना बिरामी कर्मचारीका लागि एक करोड २६ लाख आठ हजार रुपैयाँ वितरण गरिएको थियो ।

चालू आव ०७३र७४ को सात महिनाको अवधिमा १४ कर्मचारीका लागि ६४ लाख ३७ हजार पाँच सय २१ रुपैयाँ वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

सामाजिक सुरक्षाको अनुभूति दिलाउन आर्थिक सहयोग

मन्त्रालयका सहायक प्रवक्ता नन्दराज ज्ञवालीले सामाजिक सुरक्षाको अनुभूति दिलाउन कडा रोग लागेका कर्मचारीलाई पाँच लाख रुपैयाँ दिने व्यवस्था भएको जानकारी दिए ।

‘मुटु, क्यान्सर र मिर्गौला रोग लाग्दा पाँच लाखभन्दा धेरै खर्च हुन्छ, तैपनि त्यति रकमले केही सान्त्वना भने पक्कै हुन्छ,’ ज्ञवालीले भने ।

मन्त्रालयका अनुसार रकम लिएका दुई सय ८८ कर्मचारीमध्ये आधाभन्दा बढी मुटुरोगबाट पीडित कर्मचारी छन् । केहीको भने मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

कहिले कति रकम वितरण 

मन्त्रालयका अनुसार आव २०७१र७२ मा २४ जनाका लागि एक करोड एक लाख ५१ हजार, २०७०र७१ मा ३० जनाका लागि एक करोड २० लाख ७७ हजार, २०६९र७० मा २६ जनाका लागि एक करोड २४ लाख, २०६८र६९ मा ३५ जनाका लागि एक करोड ५१ लाख ७३ हजार, २०६७र६८ मा ३६ जनाका लागि एक करोड ६३ लाख ६७ हजार रुपैयाँ वितरण गरिएको छ ।

यसैगरी, आव २०६६र६७ मा ३० जनाका लागि एक करोड २४ लाख ३५ हजार, २०६५र६६ मा २२ जनाका लागि ९४ लाख ८३ हजार, २०६४र६५ मा १३ जनाका लागि १६ लाख ९३ हजार, २०६३र६४ मा १५ जनाका लागि १५ लाख, २०६२र६३ मा ६ जनाका लागि ६ लाख र २०६१र६२ मा १० जनाका लागि साढे नौ लाख वितरण गरिएका मन्त्रालयले जनाएको छ ।

नयाँ पत्रिका

Kamrachari Upachar

विशेष