अर्थ

आइएमई ग्रुप र सक्षम सहकार्यः मोबाइल वित्तीय सेवा प्रदान गर्ने

आइएमई ग्रुप र सक्षम सहकार्यः मोबाइल वित्तीय सेवा प्रदान गर्ने

फागुन १२ । आइएमई ग्रुप र युकेएड सक्षमबीच मोबाइल वित्तीय सेवा प्रदानसम्बन्धी समझदारी भएको छ ।

ग्रामीण क्षेत्रमा वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यसहित आइएमई र सक्षमबीच सहकार्यको सहमति भएको हो ।बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालको उपस्थितिमा आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सक्षमका टिम लिडर बलजित बोहराले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

आइएमई ग्रुपले आइएमई डिजिटलमार्फत् मोबाइल वित्तीय सेवा प्रदान गर्ने जनाएको छ । कार्यक्रममा गभर्नर नेपालले आइएमई ग्रुपले सुरु गरेको मोबाइल मनी सेवाले औपचारिक वित्तीय कारोबारलाई सहयोग पुर्‍याउने बताए । उनले वित्तीय कारोबारमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि राष्ट्र बैंक र दूरसन्चार प्राधिकरणले सहयोग गर्ने पनि बताए ।

प्राधिकरणका निर्देशक आनन्दराज खनालले मोबाइल वित्तीय सेवाको प्रबद्र्धन गर्न प्राधिकरणले नीतिगतरुपमा सहयोग गर्ने आश्वासन दिए । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले आइएमई ग्रुपले सुरु गरेको मोबाइल वित्तीय कारोबारलाई अन्य बैंक तथा वित्तीय संस्थाले पनि अनुशरण गर्ने बताए ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मोबाइल मनी सेवालाई ग्रामीण क्षेत्रमा प्राथमिकताका साथ लैजाने बताए । यस्तो सेवाले वित्तीय पहुँचमा नपुगेका सर्वसाधारणलाई वित्तीय पहुँचमा पुर्‍याउने गरी काम गर्ने उनले उल्लेख गरे ।

Global IME

विशेष