अपराध सुरक्षा

भारतीय अभियुक्त नेपाल हुँदै भाग्ने आशंका

भारतीय अभियुक्त नेपाल हुँदै भाग्ने आशंका
फागुन १२ । भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्नसक्ने आशंकामा त्यहाँको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ । सीबीआईले भारतीय परराष्ट्र मन्त्रालयमार्फत नेपालको गृह मन्त्रालयलाई औपचारिक पत्र पठाएर ती व्यक्तिलाई नेपालबाट उम्कन नदिन आग्रह गर्ने तयारी थालेको हो। सीबीआईको अनुसन्धानमा भण्डारीको निकटता नेपालका दलका नेता र व्यापारीसँग देखिएपछि उनी नेपालमा हुनसक्ने आशंका बढेको छ । भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर बेलायत जान सक्ने आशंकामा भारतले नेपाली पक्षसँग उनलाई पक्रन सहयोग माग्ने भएको हो । भारतीय पक्षले यसअघि नेपालमा आफ्ना मान्छे पक्रन अनौपचारिक च्यानल प्रयोग गर्दै आएको थियो । नेपालमा आफ्नै गुप्तचर एजेन्सी सक्रिय बनाउने र नेपाल प्रहरीको सहयोगमा पक्राउ गरी गोप्य रुपमा लैजाने आपसी समझदारी थियो। सन् २००४ मा रिसर्च एण्ड एनालाइसिस विङ र का एक वरिष्ठ अधिकारी नेपाल भएर अमेरिका भागेपछि भारतीय पक्षले खोजीमा रहेका अभियुक्तविरुद्ध नेपालसँग सहयोग माग्न थालेको हो नागरिक

Cib Nepal

विशेष