अर्थ कर्पोरेट बैंकिङ

‘सक्षम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

‘सक्षम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी
फागुन – १२ । काठमाडौँमा आयोजित एक कार्यक्रममा आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा साझेदारी सम्पन्न भएको छ । डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी हो भने सक्षम वित्तीय क्षेत्रमा पहुँचसम्बन्धी संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित कार्यक्रम हो । यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार गर्ने कम्पनीको भनाइ छ । कम्पनीले मोबाइलमा आधारित वित्तीय सेवा आरम्भ गरी पर्याप्त बैङ्किङ सेवा पाउन नसकेका नेपालका जनतासम्म वित्तीय पहुँच पु¥याउनुका साथै नेपालको वित्तीय समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । त्यस्तै, डिएफआईडी नेपालका लागि लुईस बर्जरद्वारा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसितको सहकार्यमा सक्षमको कार्यान्वयन भइरहेको कम्पनीले सर्वाजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साझेदारीले हाल नेपालभरि आईएमईको विप्रेषण सेवा लिइरहेका ६ लाखभन्दा बढी उपभोक्ताका साथै गैर–रेमिटेन्स क्षेत्रलाईसमेत मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको कम्पनलीले जनाएको छ । सो अभियानमार्फत् आईएमईले वित्तीय सेवाबाट वञ्चित ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्ने बताएको छ । साझेदारी हस्ताक्षर समारोहको प्रमुख आतिथ्यता नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गरेका थिए । सो कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख गारेथ विअर, नेपाल बैंकर्स एशोसियनका अध्यक्ष अनिलकेशरी शाह र सक्षमका समूह प्रमुख बलजित बोहोरा लगायत अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो ।

IME UKaid

विशेष