अर्थ कर्पोरेट

नेपाल र भारतबीच पाँचौँ द्वीपक्षिय बैठक सम्पन्न

नेपाल र भारतबीच पाँचौँ द्वीपक्षिय बैठक सम्पन्न
फागुन – १२ । काठमाडौँमा भारत सरकार प्रतिनिधि मण्डल र नेपाल सरकारका प्रतिनिधि मण्डलबीच ऋण सहयोगसम्बन्धी ५औँ द्वीपक्षिय बैठक सम्पन्न भएको छ ।
मंगलबार र बुधबार भएको बैठकमा नेपालका तर्फबाट अर्थमन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र भारतका तर्फबाट परराष्ट्रमन्त्रालयका सचिव अजित गुप्ताले नेतृत्व गरेका थिए । उक्त बैठकमा नेपालमा सञ्चलन रहेका एलओसी–आइका परियोजनालाई भारत सरकारले भारतीय निर्यात आयात बैंक माफर्त १० करोड र एलओसी आइ आइका परियोजनाका लागि २५ करोड अमेरिकन डलर ऋण सहयोग गर्ने विषयमा छलफल भएको छ । उक्त बैठकमा नेपालको भैतिक पूर्वाधार, यातायात, ऊर्जा सिंचाईका विषयमा छलफल हुनका साथै नेपालमा सञ्चलन रहेका विभिन्न परियोजनका बारेमा समीक्षासमेत गरेको थियो । त्यस्तै दुबैपक्षबीच एलओसी आइ आइ आइ परियोजनाका लागि ५५ करोड अमेकिन डलर ऋण लिने बिषयमा पनि छलफल भएको छ । एलओसी आइआइआइ अन्तरगतका परियोजनामा महकाली पुलसहित १६ सडक योजना छन् । उक्त बैठकमा भारतीय पक्ष र नेपाली पक्षबीच भूकम्पपछिको पूनः निर्माणका लागि ७५ करोड अमेरिक डलर ऋण सहायताका विषयमा पनि छलफल भएको नेपालका लागि भारतीय दूतावसबाट जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

India-Nepal

विशेष