अर्थ

सवारी नियम उल्लंघनकर्ताबाट २ करोड ११ लाख राजस्व संकलन

सवारी नियम उल्लंघनकर्ताबाट २ करोड ११ लाख राजस्व संकलन
फागुन - १३ ।  जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा दुई करोड ११ लाख ६ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। चालु आवको साउनदेखि माघ मसान्तसम्म ३० हजार ९९९ सवारी चालक कारबाहीमा परेको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए। सोही अवधिमा कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १८ जना चालकलाई कारबाही गरी रु १० लाख १८ हजार राजस्व सङ्कलन गरेको छ। कारबाहीमा पर्नेमा मोटरसाइकल चालक ८९४ जना, ट्याक्टर चालक १४, काररजिप चालक ९९, बस चालक ८ जना र ट्रकरट्र्याङ्कर चालक तीन जना रहेका छन्। कार्यालयले सवारी दुर्घटनालाई कम गर्न २१० पटकसम्म १७ हजार ३३७ जनालाई ट्राफिक जनचेतना प्रशिक्षण दिएको जनाएको छ।

राजस्व संकलन

विशेष