मोबाइल सेटमै महिनाको २ सय करोड खर्च हुन्छ हामी नेपालीको
फागुन–१४ । बढ्दो माग पुरा गर्न नेपालमा हरेक महिना २ अर्ब रुपैयाँ बराबरको मोबाइल सेट भित्रने गरेको छ । भन्सार विभागको पछिल्लो विवरण अनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो ।
आचु आर्थिक बर्ष पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा मोवाइल सेट डिजेल पेट्रोल, आइरन स्टिल, अटोमोबाइल र धानचामलपछि सबैभन्दा धेरै आयात हुने वस्तुमा पर्छ ।
गत साउनदेखि माघ मसान्तसम्मको आयातलाई मासिकमा रुपान्तरण गर्दा हरेक महिना नेपालमा विभिन्न मुलुकबाट १ अर्ब ९७ करोड ९८ लाख २२ रुपैयाँ बराबरका मोवाइल सेट आयात हुने गरेको छ । नेपालमा अहिले हरेक महिना औसतमा ५ लाख १६ हजार २ सय ८५ वटा मोवाइल सेट आयात भएको देखिन्छ । –कान्तिपुर दैनिकबाट