सञ्चयकोषले जलविद्युतमा ५२ अर्ब ५० करोड लगानी गर्ने
फागुन–१५ । कर्मचारी सञ्चयकोषले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी चाहिने तीन सय मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न सकिने आँकडा प्रस्तुत गर्दै ऊर्जा मन्त्रालयसँग उपयुक्त आयोजना उपलब्ध गरिदिन प्रस्ताव गरेको छ ।
सरकारी र निजी पाँच लाखा ५२ हजार सञ्चयकर्ता रहेको कोषले मन्त्रालयलाई एक साताअघि सञ्चयकर्ता हाइड्रो अवधारणा सहित औपचारिक पत्र पठाई आयोजना उपलब्ध गराउन माग गरेको हो । ‘सञ्चयकर्ता जलविद्युत कम्पनी लिमिटेड’ स्थापना गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कार्य गर्न व्यवस्थापनलाई स्वीकृति प्रदान गर्ने कोषको योजना छ । कोषले आफ्नो सञ्चयकर्तालाई वार्षिक रुपमा एकमुष्ट एक अर्ब रुपैयाँभन्दा बढी मुनाफा वितरण गर्दै आएकोमो सोही रहमलाई जलविद्युतको सेयरमा लगानी गर्न प्रस्ताव गरेको छ । –अन्नपूर्ण पोस्ट्बाट