अपराध सुरक्षा

दुर्गा तिवारी हत्यामा संलग्न ९ जना सार्वजनिक, मुख्य योजनाकार मनोज पुन फरार

दुर्गा तिवारी हत्यामा संलग्न ९ जना सार्वजनिक, मुख्य योजनाकार मनोज पुन फरार
फागुन १५ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन साताअघि नै पक्राउ गरेपनि आज मात्र उनीहरुलाई सार्वजनिक गरिएको हो । घटनाको मुख्य योजनाकार मनोज पुन भएको र उनी फरार भएको प्रहरीले जनाएको छ । पुनसहित सोम बहादुर घले र श्याम गुरुङ योजनाकार भएको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना फरार छन् । प्रहरीले बसन्त बहादुर चापागाई, बुद्धिसागर यादब, राजेश यादब, खेमानन्द भट्टराई, सागर थापा, अंगद थारु र ऋषिश्वर कुमाललाई पक्राउ गरेको छ । व्यक्तिगत रिसईबीका कारण तिवारीको हत्या गरेको प्रहरीले जनाएको छ । साथै हत्याको अर्काे कारण अन्र्डरवल्र्ड चलाउनु समेत भएको प्रहरीले जनाएको छ । हत्यापछि रुपन्देहीमा धेरै व्यवसायीलाई धम्काएर पुनले पैसा असुलेका थिए । हुन्डीमार्फत भारतमा लुकेर उनले पैसा लिदै आएको समेत प्रहरीले जनाएको छ । गत ४ पुसमा गोली हानेर तिवारीको हत्या भएको थियो ।

Durga Tiwari Hatya

विशेष