अर्थ समाज

साउदीबाट ५६ हजार पठाउँदा सन्दिलिपले पाए लाखाैंको घडेरी

साउदीबाट ५६ हजार पठाउँदा सन्दिलिपले पाए लाखाैंको घडेरी

फागुन–१५ । महोत्तरी लक्ष्मीनियाका सन्दिलिप कुमार महतोले घडेरी उपहारमा पाएका छन् । उनी २ वर्ष अघि साउदी गएका थिए । मलेसियामा ३ वर्ष बसेर फर्किएपछि सन्दिलिप साउदीमा गएका थिए । घरको कमजोर आर्थिक अवस्था सुधार्न र भाइहरुको पढाइ अघि बढाउन उनले विदेशको बाटो रोजेका थिए । विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाएबापत उनले काठमाडौंमा उपहार पाएका हुन् । उनले साउदीमा रहँदा घरमा ५६ हजार पठाएका थिए । त्यही कारणले उनी अहिले काठमाडौंमा घँडेरी मालिक भए । सामान्य श्रमिक उनी अहिले लाखौं मूल्यको जग्गाको मालिक बनेका छन् । उनले काठमाडौं उपत्यकाको ललितपुरमा ४ आना घँडेरी जितेका छन् । काठमाडौंमा आइतबार एक कार्यक्रम गरी सन्दलिपलाई जग्गा हस्तान्तरण गरिएको छ । उनी अब केही व्यापार व्यवसाय गरेर अघि बढ्ने सोच बनाएको बताउँछन् । कार्यक्रममा सिटी मनी एक्प्रेशका अध्यक्ष हेम गुरुङले सामाजिक काममा आफ्नो संस्था प्रतिबद्ध रहेको बताए । उनले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सिटी एक्सप्रेस अघि बढेको बताउँदै सहज, विश्वसनीय र गुणस्तरी सेवालाई मूल मर्म बनाएर काम गर्ने बताए । कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सिटी एक्सप्रेसले समाजप्रतिको आफ्नो भूमिका निभाउन कुनै कसर बाँकी नराख्ने भन्दै घँडेरीको योजना पनि यसकै एउटा पाटो भएको बताए । कार्यक्रममा साउदीस्थित टेलीमनीका प्रबन्धक निर्देशक अनबर अल मुसकले नेपालमा सहज रुपमा पैसा पठाउन सिटी एक्सप्रेससँग सहकार्य गर्न पाएको गर्ब महशुस भएको बताए । उनले आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्न नचुक्ने कम्पनीसँग आफ्नो संस्थाले गरेको सहकार्यले नेपालमा रेमिट्यान्सको वृद्धि र सदुपयोगमा मद्दत पुग्ने बताए । कार्यक्रममा टेलिमनीमार्फत नेपालमा आएको पैसा भुक्तानीमा उत्कृष्ट ठहरिएका २५ सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट कम्पनीलाई सम्मान पनि गरिएको छ ।

घडेरी सन्दिलिप कुमार महतो साउदी सिटी एक्सप्रेस

विशेष