अर्थ

दातृ निकायले भने– भागबन्डा रोक’

दातृ निकायले भने– भागबन्डा रोक’
फागुन १६ । एसियाली विकास बैंक एडिबीले विकास परियोजनामा हुने गरेको दलीय भागबन्डाले गम्भिर असर पर्दै आएको ठहर गरेको छ । परियोजना प्रमुखमा हुने दलीय भागबन्डा हटाउन एडिबीले आग्रह गरेको छ । एडिबीले संचालन गरेका परियोजनाहरुको समीक्षामा एडिबीले परियोजना प्रमुखमा क्षमतावान व्यक्ति नियुक्त गर्न पनि सुझाव दिएको छ । एडिबीका देशीय निर्देशक किनिचि योकोयामाले विकास परियोजनालाई समयमै सम्पन्न गर्न क्षमतावान व्यक्तिलाई ल्याउन भूमिका खेल्न नीति निर्माता एवं संचारमाध्यमलाई आग्रह गरे । क्षमतावान व्यक्ति प्रमुख भएको परियोजना सफल भएको भन्दै उनले विकासमा भागबन्डा नगर्न दलहरुलाई आग्रह गरे । एडिबीले क्षमतावान प्रमुख पाएपछि मेलम्ची खानेपानी आयोजना र साउथ एसिया सब रिजनल इकोनोमिक कोअपरेसन ९सासेक० पावर सिष्टमले प्रगती हासिल गरेको जनाएको छ । एडिबीका उपमहानिर्देशक दिवेश शरणले एडिबीको सहयोगमा बनेका आयोजनामध्ये सन् २०१६ मा सबैभन्दा बढि उपलब्धी हासिल भएको बताए । सन् २०१६ मा एडिबीको कुल ३५ करोड ९० लाख डलरमध्ये २० करोड २० लाख डलर विनियोजन भएको उनले बताए । अर्थ सचिव शान्तराज सुवेदीले विकासका परियोजनालाई प्रमुख प्राथमितामा राखेर काम गर्न परियोजना प्रमुखहरुलाई आग्रह गरे । कार्यक्रममा एडिबीले आफ्ना लगानीमा नेपालमा सञ्चालित उत्कृष्ट परियोजनालाई पुरस्कृत गरेको छ । एडिबीले मेलम्ची खानेपानी आयोजना, काठमाडौँ उपत्यका खानेपानी लिमिडेट र सासेक पावर सिष्टमलाई सन् २०१६ को उत्कृष्ट परियोजनाको रुपमा पुरस्कृत गरेको हो ।

Adb Asian Devlopment Bank

विशेष