अपराध सुरक्षा

यसरी पक्राउ परे दुर्गा तिवारी हत्यामा संलग्न अभियुक्त (फोटोसहित)

यसरी पक्राउ परे दुर्गा तिवारी हत्यामा संलग्न अभियुक्त (फोटोसहित)

फागुन १६ । एमाले सम्बद्ध युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको अढाई महिनापछि प्रहरीले घटनामा संलग्न भएको भन्दै केही अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।

दुर्गाको हत्या आफुले गरेको भनेर सार्वजनिक रुपमा धम्की दिने मनोज बुढा नै हत्याको मुख्य योजनाकार भएको भन्दै प्रहरीले मनोज बुढाको समुह र हत्यामा संलग्न ७ जना व्यक्तिहरुलाई सार्वजनिक गरेको हो । हत्याको मुख्य योजनाकार मनोज बुढानै रहेको प्रहरीको निश्कर्ष भएको रुपन्देही प्रहरी प्रमुख रविन्द्र धानुकले जनाए ।

प्रहरीले हत्यामा संलग्न भएको अभियोगमा देवदह नगरपालिका ६ का ३१ बर्षीय बसन्त बहादुर चापागाई, तिलोत्तमा नगरपालिका १५ का २७ बर्षीय बुद्धीसागर यादव र उनका भाइ राजेश यादव, तिलोत्तमा ८ का ३३ बर्षीय प्रयास भनिने खेमानन्द भट्टराई, देवदह ८ का २३ बर्षीय सागर थापा, नवलपरासीका २८ बर्षीय अगंद थारु र देवदहका २८ बर्षीय ऋषिश्वर कुमाललाई सार्वजनिक गरेको हो ।

प्रहरीको अढाई महिनाको अनुसन्धानले मनोजको निर्देशनमा दुर्गाको हत्या भएको निश्कर्ष निकालेको हो । प्रहरीका अनुसार तिवारी हत्यामा देवदह नगरपालिका ६ का २९ बर्षीय मनोज पुन भन्ने मनोज बुढामगर मुख्य योजनाकार रहेको प्रहरीको दावी छ ।

उनी सहित उक्त घटनाका योजनाकारहरु भनिएका सिद्धार्थ नगरपालिका १३ का ४० बर्षीय बिकास भन्ने सोमबहादुर आले, बारा गढीमाई नगरपालिका १ का ३० बर्षीय श्याम गुरुङ्ग, सुटर बिस्तृत ठेगाना नखुलेका राजु, हातहतियार तथा गोली दिने देवदह ३ का २७ बर्षीय तुल बहादुर सिंजाली फरार भने अझै फरार रहेका छन् । प्रहरीले हत्यामा प्रयोग गरिएको लु २८ प २११९, लु २५ प ८४४१ र बा ५१ प ८०७३ नम्वरको मोटरसाइकल र पेस्तोल समेत बरामद गरेको छ ।

Durga Tiwari

विशेष