यौन-शिक्षा

यौन सम्बन्धमा चरम सुख प्राप्त गर्ने तरिका

यौन सम्बन्धमा चरम सुख प्राप्त गर्ने तरिका

अलग–अलग यौन चाहना भएका महिलाहरुको चरमोत्कर्षको स्तर फरक हुन्छ । कुनै पुरुष, लेस्बियन वा बाइसेक्सुअल व्यक्तिको तुलनामा सामान्य महिला यौन सम्बन्धको समयमा कम मात्रै चरमोत्कर्षमा पुग्ने गर्दछन् ।


बाइसेक्सुअल ती व्यक्ति हुन् जसले महिला तथा पुरुष दुबैसँग यौन सम्बन्ध राख्दछन् । यो कुरा अमेरिकामा ५२ हजार छ सय व्यक्तिमाथि गरिएको सोधपछि बाहिर आएको हो । अध्ययनमा यो पनि थाहा भएको थियो कि महिला र पुरुष वा अलग अलग यौन इच्छा भएका व्यक्तिहरुको यौनसम्बन्धको समयमा उत्पन्न हुने चरमोत्कर्षको अन्तर कति हुन्छ । आर्काइव अफ सेक्सुअल विहेवियरको नामबाट गरिएको यो अध्ययनको नतिजाअनुसार अधिक चरमोत्कर्षका लागि जोडीले आफ्नो यौन व्यवहारमा परिवर्तन ल्याउन सक्छन् । यसमा मुख मैथुन र आफ्नो यौन साथीलाई मायाले स्पर्ष गर्नु र सुताउनु पनि समावेश गरिएको छ । यस अध्ययनमा अमेरिकका इन्डियाना विश्वविद्यालय, च्याम्पेन विश्वविद्यालय, क्लोयारमान्ट ग्रेजुएट विश्वविद्यालयले भाग लिएका थिए । यस अध्ययनका अनुसार चरमोत्कर्ष हासिल गर्ने अनुपात यसप्रकार छ ।

  • ६४ प्रतिशत सामान्य महिला
  • ६६ प्रतिशत बाइसेक्सुअल महिला
  • ८६ प्रतिशत समलैंगिक महिला
  • ८८ प्रतिशत बाइसेक्सुअल पुरुष
  • ८९ प्रतिशत समलैंगिक पुरुष
  • ९५ प्रतिशत सामान्य पुरुष

अध्ययन गर्ने टोलीको भनाई छ –‘यो अध्ययनले चरमोत्कर्षको अन्तर कम गर्न सकिने कुरा पत्ता लागेको छ ।’ टोलीका अनुसार एक समलैंगिक महिला आम रुपमा सामान्य महिलाको तुलनामा धेरै चरमोत्कर्ष हाँसिल गर्न सक्छे । यसबाट के बुझ्न सकिन्छ भने, सामान्य महिलामा चरमोत्कर्ष हाँसिल गर्न दर धेरै हुन सक्छ । अध्ययनको निचोड अनुसार सामान्य महिला दैनिक यौन सम्बन्धबाट नै चरमोत्कर्षमा पुग्ने गर्दछन् । अध्ययनबाट यो पनि पत्ता लागेको छ कि यौन सम्बन्धको समयमा हुने अन्य गतिविधिका साथसाथै मिलेर मुख मैथुन गर्नको महत्व अझ वढी हुन्छ । मुख मैथुनबाट चरमोत्कर्ष प्राप्त गर्ने कुरालाई लिएर सामान्य महिला, समलैंगिक महिला, बाइसेक्सुअल महिला, समलैंगिक पुरुष र बाइसेक्सुअल पुरुषमा छुटै प्याटन हुन्छ । तर, सामान्य पुरुषसँग यसको कुनै सम्बन्ध हुँदैन । महिलामा अधिक चरमोत्कर्षसँग जोडिएका व्यवहार यस्ता छन्ः

  • यौन सम्बन्धका दौरान आफ्नो चाहना पार्टनरलाई भन्नु
  • यौन सम्बन्धका दौरान भएका क्रियाकलापका लागि पार्टनरलाई उक्साउनु
  • कुनै कामुक चिज गर्नका लागि फोन अथवा इमेल गर्नु
  • यौन उतेजक अन्तःवस्त्र लगाउनु
  • अलग अलग पोजिसनमा यौन सम्बन राख्नु
  • आफ्नो यौन इच्छाका विषयमा कुरा गर्नु
  • यौनसँग सम्बन्धित कुरा गर्नु र प्रेम देखाउनु

उक्त अध्ययनमा सहभागि वैज्ञानिकहरुका अनुसार महिला र पुरुषमा यौन आनन्द प्राप्त गर्ने दरमा फरक सामाजिक र विकासवादी कारणले पनि हुन्छ ।

  • बिबिसीबाट 

sex problem sex problem and solution

विशेष