अर्थ कर्पोरेट रोजगार

चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब
फागुन - १६ । दाङको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ। दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताए। विद्यालयमा ६ जना विद्यालयले निजी स्रोतमा राखेको र उनीहरुलाई दिने तलब गाउँले र सामुदायिक वनबाट उठाउने गरेको रानाले जानकारी दिए। प्रतिघर वार्षिक ८ सय रुपैयाँ र रिठेकोट, धर्मशाला सामुदायिक वनबाट अपुग रकम ल्याएर छ जना शिक्षकलाई तलब दिएर विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । हाल विद्यालयमा दरबन्दीमा तीनजना मात्र शिक्षक रहेका छन् । “दरबन्दीमा तीनजना मात्र शिक्षक छन्, राहत एकजना, बाल विकास एकजना र अन्य एकजना शिक्षक”– रानाले भने। विद्यालयमा १५० जना विद्यार्थी रहेका छन् । पटकपटक जिल्ला शिक्षा कार्यालयमा शिक्षकको माग गरिए पनि सरोकार निकायहरु त्यसबारे जानकारी गराउँदा कहीँ कतैबाट सुनुवाइ नभएको प्रधानाध्यापक रानाले बताए। भौगोलिक विकटताका कारण पछाडि परेको तुलसीपुर–७ मा रहेको यस विद्यालयको भवन जीर्ण रहेको छ । कक्षा कोठाको अभावमा १ र २ कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउन बाध्य भएको विद्यालयले जनाएको छ ।

Salary

विशेष