अपराध सुरक्षा समाज

छोरी बलात्कारको अभियोगमा बाबु जेल चलान

छोरी बलात्कारको अभियोगमा बाबु जेल चलान

फागुन १७ । छोरीलाई बलात्कार गरेको अभियोगमा दोषी सावित भएपछि दाङमा एक व्यक्ति जेल चलान भएका छन् ।

हाडनाता करनीमा दोषी प्रमाणित भएपछि यौन पिपासु बाबुलाई जेल चलान गर्ने आदेश अदालते दिएको छ । १३ वर्षीया छोरीलाई विगत एक वर्षदेखि बलात्कार गर्दै आएको जाहेरी परेपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितले अभियोग स्वीकार गरेपछि दाङ देउखुरी जिल्ला अदालतले फागुन १५ गते आइतबार जेल चलान गरेको इलाका प्रहरी कार्यालय तुलसीरका प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

उनलाई प्रहरीले माघ १५ गते १३ वर्षीया बालिकाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको थियो । पछिल्लो सयम माघ १५ गतेका दिन मदिराले मातेको अवस्थामा घर आएका अभियुक्त ति व्यक्तिले आफ्नी १३ वर्षीया छोरीलाई बन्दुक देखाएर बालात्कार गरेपछि घटना सार्वजनिक भएको प्रहरीले बताएको थियो ।

बलात्कारपछि १३ वर्षीया बालिका रुँदै इलाका प्रहरी कार्यालय खितलपुर पुगेकी थिइन् । ति बालिकाले आफु विगत एक वर्षदेखि आफ्नै बाबुबाट बलात्कृत हुँदै आएको र कसैलाई भनेमा ज्यान मार्ने धम्की बाबु दिँदै आएको प्रहरी समक्ष बताएकी थिइन् ।

छोरीलाई बलात्कार गर्दै आएको यौन पिपासुकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा रहेको प्रहरीले जानकारी दिएको छ । आमा विदेश गए देखि नै बाबुले छोरी माथि निरन्तर बालात्कार गर्दै आएको ति बालिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । अनुसन्धानबाट आरोपित व्यक्ति दोषी पाइएको र उसले गल्ति स्वीकार गरेपछि जेल चलान गर्न अदालतले आदेश दिएको डीएसपी तिवारीले जानकारी दिएका छन् ।

Daugther Rape in Dang Rape

विशेष