अपराध सुरक्षा

खुकरी र ढुङ्गाले हानेर श्रीमतीको हत्या

खुकरी र ढुङ्गाले हानेर श्रीमतीको हत्या
फागुन - १७ । गुल्मी जिल्लाको इस्मारजस्थल गाविसमा श्रीमानले आफनै श्रीमतीको धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन्। गाविस १ का ५९ बर्षिय यम बहादुर अर्यालले आफनै श्रीमती ४५ वर्षीया कमला अर्यालको मगंलवार बिहान खुकरी र ढुङ्गाले हानेर हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यलय गुल्मीका डिएसपी महेन्द्र नेपालका अनुसार अर्यालले बिहान झुक्काएर एक्कासी खुकुरी प्रहार गरेको बताए । खुकुरी प्रहार गरेपछि ढुंगाले समेत टाउकोमा हानेर श्रीमतीको आफुले हत्या गरेको प्रहरी हिरासतमा रहेका अर्यालले स्वीकारेका छन् । साथै छुठ्ठाउन खोज्दा छिमेकी १४ बर्षिया मायाँ कुवंर पनि घाइते भएकी छन् । उनको वायाँ हातमा चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले हत्या गर्ने अर्याल हत्या गर्न प्रयोग भएको खुकुरी र ढुङगा बरामद गरेको छ । श्रीमतीको हत्या गर्ने अर्यालललाई थप आवश्यक अनुसन्धान गरिहरेको समेत जनाएको छ ।

हत्या

विशेष