राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सन्चालन
फागुन - १७ । नेपाली सेनाले केही मन्त्रालय तथा मातहतका निकायमा नीति–निर्माण तहमा काम गर्ने माथिल्लो तहका राष्ट्रसेवकका लागि राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सन्चालन गरेको छ ।
शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सुरु भएको १० दिने उक्त तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रथम श्रेणीका अधिकृत तथा विद्युत् विकास विभाग, राष्ट्रिय योजना आयोगमा कार्यरत् निजामती सेवाका केही उपसचिवसहित १८ जनाको सहभागिता छ ।
राष्ट्र, राष्ट्रियता, स्वाधीनता र अखन्डताको विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त तालिममा मुलुकको शान्ति–सुरक्षा, पर्यावरण संरक्षण, विकास निर्माण, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा कसरी समन्वय गरेर साझा अवधारणा बनाएर काम गर्न सकिन्छ भन्नेबारेमा विस्तृत् छलफल हुनेछ ।
तालिमको उद्घाटन गर्दै प्रधानसेनापति क्षत्रीले विश्वमा देखिएको नयाँखाले अपराधका घटनाले मुुलुकको आर्थिक, सामाजिक सहिष्णुताका साथै राष्ट्रिय सुरक्षा चुनौती खडा गरेको बताए ।
रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले आधुनिक विश्वमा सुरक्षा चुनौतीका स्वरुप पनि फेरिएकाले एउटा देशमा देखिएको सुरक्षा सबैका लागि चासो र चिन्ताको विषय हुने गरेको बताए ।
कलेजका निर्देशक उपरथी देवेन्द्र मेघासीले राष्ट्रिय सुरक्षालगायत मुलुकको चासोसँग जोडिएका विषयमा सरोकार भएका निकायबीच साझा अवधारणा बनाएर एकीकृतरुपमा काम गर्न सजिलो होस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए ।
सेनाको माथिल्लो तहमा बढुवाका लागि निर्धारण गरिएको स्नातकोत्तर तहको ४५ साताको पाठ्यक्रम सन्चालन गर्दै आएको उक्त कलेजबाट एक शैक्षिकसत्रमा ४० जनाले उपाधि प्राप्त गर्दै आएका छन् ।
विदेशी सेनाका अधिकृत क्याडेटका लागि उक्त कलेज आकर्षणको केन्द्र बन्दै गएको छ । उक्त कलेजबाट हालसम्म ८ सय ६४ जना दीक्षित भइसकेका छन् ।
कलेजबाट सात वर्षका अवधिमा १० देशका ५३ जनाले स्नातकोत्तरको उपाधि हासिल गरिसकेको कलेजले जनाएको छ ।
भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, मलेसिया, दक्षिण कोरिया, बेलायत र अमेरिकाका सैनिक पनि स्टाफ कलेजका लागि शिवपुरी आउनेक्रम बढ्दोरुपमा रहेको छ ।
नेपाली सेनाले शान्तिसेना, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन र मानवअधिकारकाबारेमा प्रस्तुत् गर्ने जानकारीमूलक अभ्यासबाट विदेशी सेना निकै आकर्षित भएको बताइएको छ ।
Nepal Army