अर्थ कर्पोरेट

जाजरकोटमा बहुक्षेत्रीय पोषण योजनामार्फत ९१ लाख खर्च गरिने

जाजरकोटमा बहुक्षेत्रीय पोषण योजनामार्फत ९१ लाख खर्च गरिने
फागुन - १७ । यसबर्ष देखि जाजरकोट जिल्लामा पनि बहुक्षेत्रीय पोषण योजना सञ्चालनमा आएको छ । चालु आर्थिक बर्षका लागि जिल्लामा ९१ लाखको बजेट परिचालन गरिने बहुक्षेत्रीय पोषण योजनाको सचिवालयले जनाएको छ । चालु आर्थिक बर्षका लागि स्वीकृत ९१ लाखको बजेटलाई जिल्ला स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकले बिषयगत कार्यालय मार्फत खर्च गर्ने गरि बिनियोजन गरेको छ । जिल्ला कृषि विकास कार्यालय मार्फत १८ लाख, जिल्ला पशु सेवा कार्यालय मार्फत १८ लाख, जिल्ला शिक्षा कार्यालय मार्फत १४ लाख, महिला तथा बालबालिका कार्यालय मार्फत १४ लाख, खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय मार्फत १४ लाख र जिल्ला बिकास समिति मार्फत १३ लाख रुपैया खर्च गर्ने गरि बजेट बिनियोजन गरिएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत गणेश प्रशाद खनालले जानकारी दिए । स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितको अध्यक्षतामा बसेको जिल्ला स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकले जिल्लामा पोषण सुधारका लागि पोषणयुक्त खाद्य तथा तरकारी बाली उत्पादनमा बृद्धी गर्नका लागि जिल्ला कृषि विकास कार्यालयवाट यसबर्ष १८ लाख रुपैया खर्च गरिने भएको छ भने, पशु-पन्छीजन्य कृषि उत्पादनमा बृद्धी गरि पोषणलाई सुदृढ गर्नका लागि जिल्ला पशुसेवा कार्यालय मार्फत यसबर्ष १८ लाख रुपैया खर्च गर्ने गरी बजेट बिनियोजन गरिएको अधिकृत खानालले जानकारी दिए । त्यसैगरि जिल्ला शिक्षा कार्यालय मार्फत यसबर्ष खर्च गरिने १४ लाख रुपैया विद्यालय स्तरीय पोषण बगैचा निर्माण गर्नुका साथै पोषण पाठ्यक्रम निर्माणमा खर्च गरिनेछ अधिकृत खनालले भने–“महिला तथा बालबालिका कार्यालय मार्फत खर्च गरिने १४ लाख रुपैया नवजात शिशुलाई गराईने नियमित स्तनपान, पुरक खाना, नियमित गर्भ जाँच तथा खोप, महिला प्रजनन सम्बन्धिका विबिध कृयाकलापहरु सञ्चालन गरिने छ, त्यसैगरि खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय मार्फत यसबर्ष खर्च गरिने १४ लाख रुपैयावाट शुद्ध पिउने पानीका लागि फिल्टर, पानी शुद्धीकरणका लागि प्रयोग गरिने सामाग्रीहरु, व्यक्तिगत र वातावरणिय सरसफाई सम्बन्धिका कृयाकलापहरु सञ्चालन गरिने छ ।” जिल्ला विकास समिति मार्फत खर्च गरिने १३ लाख रुपैयावाट बहुक्षेत्रीय पोषण योजनाको समग्र अनुगमन, रिर्पोटिङ, भेला, गोष्टी र पलानिङ्ग जस्ता कृयाकलापहरुमा खर्च गरिने जनाईएको छ । यस बर्ष देखि सञ्चालित बहुक्षेत्रीय पोषण योजना जिल्लाका रामीडाँडा, रोकायगाउँ, नायकवाडा, दहँ, कार्ताङ र गर्खाकोट गरि ६ वटा गाविसमा लागु गरिने भएको छ । राष्ट्रिय योजना आयोगवाट बिभिन्न बिषयगत मन्त्रालय मार्फत सञ्चालित बहुँक्षेत्री पोषण योजना सन् २०२२ सम्म सञ्चालन हुने जनाईएको छ । सेप्टेम्वर सन् २०१२ देखि सुरु गरिएको बहुक्षेत्रीय पोषण योजना जाजरकोट लगाएतका २८ वटा जिल्लामा सञ्चालित छ ।
दीपबहादुर घर्ती / जाजरकोट

Jajarkot Posan karyakram

विशेष