अपराध सुरक्षा

३३ किलो सुन तस्करीका नाइके पक्राउ

३३ किलो सुन तस्करीका नाइके पक्राउ
फागुन १८ । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सीआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे तीन किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेकामध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपाल कै सुन पसलमा बेच्दै आएका थिए । उनीहरुमाथिको अनुसन्धानबाट सुन पसलको पनि पहिचान हुने प्रहरीले जनाएको छ । अनुसन्धान अन्तिम चरणमा सीआइबी निर्देशक डिआइजी नवराज सिलवालले तस्करीमा संलग्न थप व्यक्तिलाई पक्राउ गरिएको बताए । ‘सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आइतबारसम्म अनुसन्धान पुरा गरी मुद्दा दायरको प्रक्रियामा जान्छौं ।’ मुख्य नाइके अझै फरार छन् । तस्करीमा संलग्न प्रमोद श्रेष्ठ लगायत व्यापारी दुबईमा रहेको प्रहरी स्रोतले बतायो । नयाँ पत्रिका

Gold Taskar

विशेष