अपराध सुरक्षा

पूर्वसभासद्लाई लागूऔषध मुद्दामा उन्मुक्ति

पूर्वसभासद्लाई लागूऔषध मुद्दामा उन्मुक्ति

फागुन १८ । लागूऔषध मुद्दा दायर भएका पूर्वसभासद् मधुसुदन अग्रवाललगायतलाई सो मुद्दाबाट उन्मुक्ति दिएको भेटिएपछि महान्यायाधिवक्ता कार्यालयले आन्तरिक छानबिन थालेको छ ।

महान्यायाधिवक्ता कार्यालयले सहमहान्यायाधिवक्ता बद्रि गौतमको अध्यक्षतामा अर्का सहन्यायाधिवक्ता किरण पौडेल र नायब न्यायाधिवक्ता नारायण पौडेल सम्मिलित आन्तरिक छानबिन समिति गठन गरेर छानबिन थालेको हो ।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उनीहरूलाई उन्मुक्ति दिनुपर्ने कारणबारे प्रहरीले बनाएको अभियोग, सरकारी वकिल कार्यालयले बनाएको अभियोग तथा अन्य कागजपत्रहरू मगाएर छानबिन भइरहेको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय, महान्यायाधिवक्ताको कार्यालय तथा जिल्ला सरकारी वकिलको कार्यालय धादिङले उनलाई उन्मुक्ति दिने निर्णय गरेपछि त्यसमा संलग्न सरकारी वकिललाई छानबिनको दायरामा राखेको हो ।

Madhusudan Agrawal

विशेष