अपराध सुरक्षा

१० वर्ष कैदपछि फेरि अपराधः भन्छन् ‘जानेको काम यही हो, ठग्न रमाइलो र आनन्द आउँछ’

१० वर्ष कैदपछि फेरि अपराधः भन्छन् ‘जानेको काम यही हो, ठग्न रमाइलो र आनन्द आउँछ’

फागुन १८ । ‘मैले जानेको काम नै यही हो। मलाई ठग्न रमाइलो लाग्छ। ठग्न सक्दा आनन्द आउँछ ‘निर्मलजंग शाहीले यसो भनेपछि महानगरीय अपराध महाशाखाका प्रहरी छक्क परे। अपराधीले सुरुमा अपराध स्वीकार गर्दैनन्। तर सुर्खेतका ४२ वर्षिय शाहीले गर्वसाथ अपराध स्वीकार गरे ।

‘यस्ता अपराधी कम नै भेटिन्छन् जो अपराध गर्नुमा गर्व गर्छन्’, अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले भने। यसअघि दुईपटक गरी साढे नौ वर्ष जेल बसेका शाही गत असारको अन्तिममा छुटेका थिए।

उनी यसअघि पनि दुई पटक ठगी मुद्धामै दुई वर्ष ६ महिना र सात वर्षगरी साढे नौ वर्ष जेल परेका थिए। प्रहरीले शाहीलाई ‘मास्टरमाइन्ड ठग’ उल्लेख गरेको छ। पछिल्लो पटक दर्जनौं ट्याक्सी चालकले आफु ठगिएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। ‘यसअघि पनि हामीले नै समातेका कारण उसको तस्विर हामीसँग थियो। हामीले पिडितलाई शाहीको तस्विर देखाउँदा पिडक उही भएको निष्कर्शमा पुग्यौं’ अमात्यले भने। सात वर्ष जेल बसेर गत असारमा छुटे लगत्तै शाहीले ठगीलाई पुन निरन्तरता दिएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण

Thag

विशेष