नेपालबाट भारतले बार्षिक ३ खर्ब रूपैयाँ रेमिट्यान्स लैजान्छ

फागुन १८ । हरेक वर्ष औपचारिक माध्यमबाट करिब साढे ६ खर्ब रुपैंयाँ बराबरको रेमिट्यान्स भित्र्याउने नेपालले त्यसको आधा भन्दा बढी यहाँबाट पठाउने गरेको पाइएको छ ।
विश्व बैंकका अनुसार नेपालबाट वार्षिक करिब ३ खर्ब ८० अर्ब रुपैयाँ (३ अर्ब ७ करोड ८० लाख अमेरिकी डलर) बराबरको रेमिट्यान्स बाह्य प्रवाह हुने गरेको छ । विश्व बैंकको सबैभन्दा पछिल्लो माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट २०१६ अनुसार नेपालबाट रेमिट्यान्स पाउने मुलुकहरुमा भारत, चीन, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेश रहेका छन् ।
नेपालबाट सर्वाधिक रेमिट्यान्स लैजाने मुलुकमा दक्षिणी छिमेकी भारत पहिलो नम्बरमा छ । भारतले यहाँबाट वार्षिक ३ खर्ब रुपैयाँ (२ अर्ब ८९ करोड डलर) रेमिट्यान्स लैजान्छ । जबकी भारतबाट वार्षिक ५० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रने गरेको केही समयअघि नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले देखाएको छ । नेपालमा ठूलो संख्यामा कार्यरत भारतीय श्रमिक र विभिन्न निजी प्रतिष्ठानमा कार्यरत जनशक्ति मार्फत यो रकम बाहिरिने गरेको हो ।
भवन निर्माणमा सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन लगायत विभिन्न खालका प्राविधिक कामदेखि कपाल काट्ने, कवाडी संकलन गर्नेसहितका काममा हजारौं भारीय जनशक्ति कार्यरत छ। बारा पर्सासहितका प्रमुख औद्योगिक करिडोरमा समेत भारतीय जनशक्ति ब्यापक रुपमा कार्रत छ। जसको औपचारिक तथ्याङ्क छैन ।
कारोबार
Remitance