अर्थ कर्पोरेट

बुधबार सुनको मूल्य ४ सयले घट्याे

बुधबार सुनको मूल्य ४ सयले घट्याे
फागुन - १८ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको मूल्य बुधबार तोलामा ४ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ४ सय रुपैयाँले घटेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ४२ डलर तथा चाँदीको मुल्य १८ दशमलब दुई पाँच डलर कायम भएको छ । अन्तराष्ट्रिय बजारमा भने सुनको मुल्यमा प्रतिऔंश ११ डलरले गिरावट आएको हो ।

gold price

विशेष