नेप्से १७ अंकले बढ्यो

फागुन - १८ । सेयरबजार परिसूचक नेप्सेमा सुधार आएको छ । कारोबार रकममा भने गिरावट आएको छ । बुधबार सेयरबजार परिसूचक नेप्से १७ दशमलब पाँच एक अंकले बढेर १३ सय १६ दशमलब आठ शुन्य विन्दुमा कायम भएको छ ।
‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा समेत सुधार आएको छ । बुधबार सेयरबजारमा १ सय ३५ कंपनीका सेयर कारोबार भए । कुल ६ लाख ५० हजार १४ कित्ता सेयर ३ हजार ७ सय ३६ कारोबारबाट ३२ करोड ५ लाख ४२ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार ५४ करोड ४५ लाख ५६ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए ।
सेयरबजारमा सूचीकृत समूहगत परिसूचक मध्ये वाणिज्य बैंक, होटेल, विकास बैंक, जलविद्युत, बीमा, उत्पादनशील तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । वित्त समूहको परिसूचक भने नकारात्मक रहेको छ ।
share market