अर्थ

३० अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत

३० अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत
फागुन १९ । सरकाले थप ३० अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ । बुधबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले विभिन्न परियोजनाको गरी ३० अर्ब रुपैयाँको थप विदेशी लगानी स्वीकृत गरेको हो । बैठकले सोल्टी होटलको पुँजीवृद्धि गर्न एवं अर्घाखाँची सिमेन्टको पुँजी एकीकृत गर्न स्वीकृत दिएको छ । यस्तै, लाङटाङ भोटेकोसी हाइड्रोपावरको पुँजी तथा क्षमता वृद्धि, सर्वोत्तम सिमेन्ट, सिनो हाइड्रो सगरमाथाको पुँजीवृद्धिको प्रस्ताव पनि स्वीकृत गरेको जानकारी गराइएको छ । यस्तै, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनमा विदेशी लगानी गर्न पनि बैठकले स्वीकृत गरेको जनाइएको छ । यी परियोजनाहरुमा कुल ३० अर्ब बराबरको पुँजीवृद्धि गर्न बैठकले स्वीकृत गरेको मन्त्रालयले जानकारी गराएको हो ।

Lagani

विशेष