३३ केजी सुनका मालिक रहेछन दुबईमा
फागुन १९ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन विमानस्थलबाट पुसमा पक्रा परेको साढे ३३ केजी सुनको मालिक विदेशमा रहेको दाबी गरेको छ । सिन्धुपाल्चोकका हरिशरण खड्का उक्त सुनका मालिक भएको र उनी हाल दुबईमा रहेको सीआइबीले जनाएको छ ।
उक्त सुन दुईबाट ल्याइएको थियो । सिआइबीले यस घटनामा वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्रीसहित विमानस्थलका कर्मचारी, भरिया र व्यवसायी गरी १२ जना पक्रा गरेको छ । सिआइबीका प्रवक्ता मीरा चौधरीले खड्कालाई पक्राउ गर्न सके सुनका मालिकका विषयमा थप कुरा खुल्न सक्ने बताइन् । अन्नपूर्ण पोस्टबाट