अर्थ

भ्युटावर रोक्न लेखा समितिलाई आग्रह

भ्युटावर रोक्न लेखा समितिलाई आग्रह

फागुन १९ । पुरानो बसपार्कमा काठमाडौं महानगरपालिकाले निर्माण थालेको बाह्तले सुविधासम्पन्न काठमाडौं भ्यूटावर निर्माण रोकन स्थानियले आग्रह गरेका छन् ।

स्थानीयले आफूहरुको भावन र कानुनलाई समेत बेवास्ता गर्दै जबर्जस्ती टावर निर्माण थालेको भन्दै महानगरलाई कारबाहीको माग गरी व्यावस्थापिका संसदको सार्वजनिक लेखा समितिलाई लिखित निवेदन दिएका हुन् । आर्थिक चलखेलमा टावरको टेन्डर प्रक्रियादेखि नै प्रचलित ऐन–नियकम मिच्दै टावर निर्माण जलेश्वर स्वच्छन्द बिकोई कम्पनीलाई दिएको स्थानीयको भनाइ छ ।

व्यापक आर्थिक चलखेल गरी टावर निर्माढा थालेपछि सरोकारवालाई जानकरी गराँउदा कुनै कारबाही नभए पछि लेखा समितिलाई अनुरोध गरिएको लेखा समितिमा बुझाइएको निवेदनमा उल्लेख छ । महानगरले नक्सा स्वीकृतिमै अनियमितता गरेको स्थानियको भनाइ छ ।

स्थानीयले नागरिक उड्यन प्राधिकरणले तोकेको क्षेत्रमा ५–६ तलाको घर बनाउँदा नक्सापास गर्दा प्राधिकरणसँग अनिवार्य स्विकृति लिएको हुनुपर्छ । निवेदनमा उल्लेख छ । महानगरले भने १२ तलाको भवन निर्माण गर्दा समेत स्किृति लिएको छैन ।

रक्षा मन्त्रालय नागरिक उड्यन प्राधिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बोधार्थ गरी पुरानो बसपार्क, बागबाजारका स्थानीय तथा राजनीतिक दल, नागरिक समाज र व्यापारीले अघिल्लो साता समितिमा पत्र बुझाएका थिए ।

महानगरका राजस्व प्रमुख महेश काफ्लेले भने प्राधिकरणसँग तत्काल स्वीकृती लिन आवश्यक नभएको बताए । सय मिटर बनाउँदा प्राधिकरणसँग स्वीकृति लिनुपर्छ, काफ्लेले भने टावरको निर्मान नै भर्खर सुरु भएको छ ।

२९ तलाको बनाउँदा प्राधिकरणको स्वीकृति अनिवार्य लिनुपर्ने भए पनि १२ तलाका लागि आवश्यक नहुने काफ्ले ले बताए । रक्षाको पनि पत्र रक्षा मन्त्रालयले पनि सैनिक मञ्चमा हुने सैनिकका कार्यक्रममा टावर निर्माणपश्चात असर पुग्ने भन्दै पुनर्विचार गर्न अनुरोध गरेको छ । महानगरले भने यसको बारेमा कुनै चासो देखाएको छैन । १२ तलाको टावर बन्दा सैनिक मञ्चमा हुने सैनिकका कार्यक्रममा असर पर्ने देखिँदैन । उनले भने ।

इआए पनि छैन

महानगरले वातावरण प्रभाव मूल्यांकन (इआए) स्वीकृति समेत नगरी भ्युटावर निर्माण थालेको छ । १० वर्ग मिटर भन्दा बढी क्षेत्रमा ठूला भवन निर्माणपूर्व वातावरणमा पर्न सक्ने असरबारे (इआइए) प्रतिवेदन स्वीकृत गराउनु पर्छ ।

Kathmandu view tower View Tower

विशेष