अर्थ

२५ वर्ष पछि नेपालमा लागानी सम्मेलन प्रधानमन्त्रीले गरे उद्घाटन

२५ वर्ष पछि नेपालमा लागानी सम्मेलन प्रधानमन्त्रीले गरे उद्घाटन

फागुन १९ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ आज काठमाडौँमा अन्तर्राष्ट्रिय लगानी प्रवर्धन सम्मेलन सुरु भएको छ । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा हुन लागेको सम्मेलन भोलीसम्म चल्नेछ ।

काठमाडांैको होटल सोल्टीमा प्रधानमन्त्री पुष्पकमाल दाहालले उदघाटन गरेका छन् । सम्मेलनमा लगानीको सम्भावना रहेका तथा विकासको मेरुदण्ड मानिएका प्रमुख नौवटा क्षेत्रमा केन्द्रित रहेर छलफल गरिने आयोजक उद्योग मन्त्रालयले जनाएको छ । सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्विनको समेत सहभागिता रहने लगानी बोर्डका प्रवक्ता मधु भेटवालले जानकारी दिए ।

सम्मेलनमा ऊर्जा, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, पूर्वाधार, खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने प्रवक्ता भेटवालले बताए । सम्मेलनमा २३ मुलुकका २५० भन्दा बढी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताका साथै स्वदेशी लगानीकर्ता, दलका शिर्षस्थ नेता, मन्त्री, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका वरिष्ठ अधिकारी लगायत सहभागि हुनेछन । सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ ख्याती प्राप्त कम्पनीका प्रतिनिधिको सहभागिता हुनेछ ।

यस्तै भारतबाट २१, श्रीलङ्काबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानाडाबाट १२, हङकङबाट १०, बेलायत, दक्षिण कोरिया र भियतनामबाट आठ–आठ, रुसबाट सात र अमेरिकाबाट ६ वटा कम्पनीका प्रतिनिधिको सहभागिता हुने तय भएको उद्योग मन्त्रालयले जनाएको छ ।

Lagani Sammelan

विशेष