अपराध सुरक्षा

घुस लिँदालिँदै शाखा अधिकृत पक्राउ

घुस लिँदालिँदै शाखा अधिकृत पक्राउ
फागुन–१९ । अख्तियार दुरुपयोग अनुसन्धान विभागले यातायात व्यवस्था विभागबाट घुस लिँदालिँदै अधिकृतलाई पक्राउ गरेको छ । बिहीबार आयोगको टोलीले कार्यालयमा छापा मारी यातायात व्यवस्था विभाग मिनभवन, काठमाडौंका शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई २५ हजार घुस रकमका साथ पक्राउ गरेको हो । शाखा अधिकृत रिजालले महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको सूचना एवं उजुरीको आधारमा अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । घुस रकम लिँदै गर्दाको अवस्थामा निजको कार्यालय परिषर भित्रैबाट नियन्त्रणमा लिएको र यसबारे अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अर्जुन प्रसाद रिजाल यातायात व्यवस्था विभाग शाखा अधिकृत

विशेष