अर्थ

काठमाडौंको एयर ट्राफिकले पोखरामै रोकिन्छन् जहाज

फागुन २० । ध्वजाबाहक नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज मंगलबार पोखराबाट काठमाडौंका लागि उड्ने तयारीमा थियो यात्रु चढाएर जहाज धावनमार्ग पुगिसकेको थियो उड्न तयार जहाजलाई एयर ट्राफिकले एकाएक पार्किङस्थल फर्कन निर्देशन दियो । निर्देशनपछि जहाज पार्किङ स्थलमा फर्कियो । जहाज पार्किङ स्थलमा फर्कदा यात्रु पनि झस्किए ।

उड्न तयार जहाजलाई २०मिनेट पोखरामै राकिन टावरमार्फत निर्देशन दिइएको थियो । यो निर्देशन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको थियो । कारण थियो– काठमाडौंको आकासमा आधिक हवाई ट्राफिक जामले गर्दा अवतरण गर्न अनुमति दिन सक्ने अवस्था थिएन । त्यसले आकासमा लामो समय होल्ड गर्नुपर्ने अवस्था आएपछि जहाजलाई पोखरामै रोकिन लगाएको थियो ।

उड्नै लागेको जहाज समेत फिर्ता हुुनुपरेको छ । यसले यात्रुलाई गन्तब्यमा पुग्न ढिलाइ त हुन्छ नै जहाज फर्किनुपर्ने कारण थाहा नपाउँदा यात्रुसमेत तनावमा पर्ने गर्छन । नेपाल एयरलाइन्सका पोखरास्थित म्यानेजर विजय वस्नेतले भने पोखराको भन्दा काठमाडौंमको आकासको समस्या हो । काठमाडौंको आकासमा भीड बढेपछि काठमाडौंको टावरमार्फत पोखराको विमान रोक्न लगाएको बताए ।

नागरिक

Nepal Air

विशेष