अर्थ

विपन्न समुदायका लागि सरकारले बनाइदिने भयो साढे २१ सय आवास

विपन्न समुदायका लागि सरकारले बनाइदिने भयो साढे २१ सय आवास
फागुन २० । विपन्न नागरिकलाई सरकारले घर बनाइदिने भएको छ । आर्थिक रुपमा विपन्न तथा लोपोन्मुख जनतालाई बस्ने घरको व्यावस्था गर्न जनता आवास कार्यक्रम अन्र्तगत साढे २१ सय घर बनाइदिन लागेको हो । चालु आर्थिक वर्ष २०७३÷७४ मा मुलुकका ५२ जिल्लामा लोपोन्मुख र अति सीमान्कृत, तराइका दलित समुदायलाई आवासको व्यवस्था गर्न लागिएको सहरी विकास मन्त्रालयले जनाएको छ । त्यसका लागि एक अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले कार्यक्रम कार्यान्वयन सुरु भएको छ । सप्तरी, उदयपुर, सिराहा, कपिलवस्तु, मकवानपुर, धादिङ, चितवन, गोरखा, तनहँु, कास्की, गुल्मी, अर्घाखाँची, प्युठान, रोेल्पाm रुकुम लगायतका जिल्लामा कार्यक्रम संचालन गर्न लागिएको मन्त्रालयएले जनाएको छ ।

Government Make House for Poor People

विशेष