अपराध सुरक्षा

जाजरकोटमा १३ वर्षीया बालिका बलात्कृत

जाजरकोटमा १३ वर्षीया बालिका बलात्कृत
फागुन - २० । जाजरकोटमा १३ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । भेरीमालिका नगरपालिका–११ मटेलाकी बालिकालाई बलात्कार गरेको अभियोगमा भेरीमालिका नगरपालिका–११ मटेलाका इन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । विहीवार दिउँसो बालिकालाई ललाईफकाई भेरीनदीको किनारमा लगेर बलात्कार गरेको पीडितका बाबुले बताए । सुस्त मनस्थिति भएकी ती बालिका स्थानिय एक विद्यालयमा सात कक्षामा अध्ययनरत छन् । बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि बलात्कृत भएको चिकित्सकले पुष्टि गरेका छन् । पीडित पक्षले जर्वजस्ती करणी उद्योगमा किटानी जाहेरीसहित प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । यस अघि केही महिना अगाडि मात्र जिल्लाको झाप्राकी १४ बर्षिय बोल्न नसक्ने बालिका बलात्कृत भएकी थिईन । १० देखि १४ वर्षसम्मका बालिका बलात्कृत भएमा ८ देखी १२ वर्षसम्म कैद र घटनाको प्रकृति हेरी मनासिब क्षतिपुर्तीको ब्यवस्था गर्न सकिने मुलुकी ऐनमा उल्लेख गरिएको छ ।

Rape

विशेष