अपराध सुरक्षा

लागूऔषधसहित ७ जना पक्राउ

लागूऔषधसहित ७ जना पक्राउ
फागुन – २० । सुनसरीको हरिपुर ९ बाट एपीएफ टोलीले करीव १ हजार ४ सय ४० वटा स्पामो ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीपुरा– ७ बस्ने ३८ वर्षीय समसुल अन्सारी र सोही गाविस ८ बस्ने ३५ वर्षीय अशोक यादव रहेका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. २९ प २०६९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको हो । टोलीले उनीहरुको साथबाट नगद ६१ हजार सात सय रुपैयाँ तथा सामसुङ मोवाइल सेट ३ थान र पेनड्राईभ १ थान समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा उक्त सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा एपीएफले जनाएको छ । यसैगरी सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सर्लाहीबाट खटिएको एपीएफ टोलीलेसर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ बाट विभिन्न किसिमको लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज. १ घ १५०५ नम्बरको टेम्पुमा जाँच गर्ने क्रममा उनीहरुको साथबाट गाँजा ७ ग्राम, नोरफिन ५ बोतल, फेनारगन ५ बोतल र डाईजिपाम ५ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Drug Trafficking

विशेष