अपराध सुरक्षा

लागूऔषधसहित सुनसरीबाट एक पक्राउ

लागूऔषधसहित सुनसरीबाट एक पक्राउ
फागुन – २१ । सुनसरीको भोक्राह ७ बाट सशस्त्र प्रहरीको टोलीले करिब ४५ बोतल कोरेक्स र २० पत्ता नाईट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीबाट खटिएको टोलीले लागूऔषसहित धरान ८ बस्ने ३१ वर्षिय गणेश भुजेललाई पक्राउ गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. १४ च २०४ नम्बरको कारमा जाँच गर्दा लागूऔषध फेला परेपछि उक्त कारका चालक भुजेललाई पक्राउ गरि प्रहरीमा बुझाएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ ।

Drug sunsari

विशेष