अर्थ

२ अर्ब खातामा, विद्यार्थी छाप्रोमा

२ अर्ब खातामा, विद्यार्थी छाप्रोमा
फागुन २२ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस बर्ष दुई अर्ब रुपैंया विनियोजन गरेको थियो । आर्थिक बर्ष सकिन चार महिना मात्रै बाँकी छ । तर आठ महिना अघि बिनियोजित रकम खर्च गर्नु त टाढाको कुरा, कुन–कुन विद्यालय बनाउने भन्ने योजना समेत बनेको छैन् । बिनियोजित बजेट शिक्षा मन्त्रालयको खातामै थन्किएको छ । बेलैमा बिद्यालय नबन्दा बालबालिका छाप्रोमा पढ्न बाध्य छन् । उक्त रकमबाट एउटा विद्यालयलाई असी लाख रुपैंयाको दरले खर्च गर्दा पनि २ सय ५० वटा पक्की विद्यालय भवन बन्न सक्छ । सरदर ६५ लाखका दरले खर्च गर्दा २ सय ७ वटा विद्यालयका कक्षकोठा बनाउन सकिन्छ । शिक्षा सचिब शान्तबहादुर श्रेष्ठले विनियोजित बजेटबाट कुन कुन विद्यालय बनाउने के–कस्ता सर्त राख्ने छलफल भइरहेको बताए ।

School In Nepal

विशेष