अर्थ

जापानी पैसा छाप्न अर्गेलीको बोक्रा निर्यात

जापानी पैसा छाप्न अर्गेलीको बोक्रा निर्यात
फागुन २२ । जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक बर्ष २०७२,७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैयाँ बराबर हुन्छ । अर्गेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ । ‘अर्गेलीको बोक्रा विशेषगरी नोट बनाउन जापानमा निर्यात भइरहेको छ’, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत कृष्णराज बजगाईंले भने, ‘यसको निर्यात बर्षैपिच्छे उल्लेख्य दरमा बृद्धी भइरहेको छ ।’ अर्गेली पहाडी भेगमा पाइने एक प्रकारबो बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रंयोग गरिन्छ । त्यसैको बोक्रा जापानले भने केही बर्षदेखि आफ्नो कागजको नोट बनाउन लैजाने गरेको छ । नागरिक

Japanese Yan

विशेष