अपराध सुरक्षा

३३ किलो सुन काण्डका अभियुक्तसँगै यी ६२ नेपालीलाई जुनसुकै देशमा पक्रन सक्छ ईन्टरपोलले

३३ किलो सुन काण्डका अभियुक्तसँगै यी ६२ नेपालीलाई जुनसुकै देशमा पक्रन सक्छ ईन्टरपोलले

साढे ३३ किलो सुन काण्डका अभियुक्तहरुलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ । सुन काण्डको मुख्य अभियुक्त हरिशरण खड्कासहित अन्य ५ जनालाई प्रहरीले नोटिस जारी गरेको हो । आईतबार सिआइबीले पत्रकार सम्मेलन गर्दै रेडकर्नर नोटिस जारी गरिएको बताएको छ । आज नै छानबिन समितीको समय सकिँदै छ । रेडकर्नर नोटिस जारी हुनेमा मुख्य अभियुक्त खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल रहेका छन् । उनीहरु दुबईमा रहेको डिआइजी नवराज शिलवालले बताए । आजैबाट लागू हुने गरी यिनीहरूको नाम रेड कर्नर नोटिसमा राखिएको छ । केन्द्रिय अनुसन्धान ब्युरोको अनुसार दुई महिनाअघि अन्र्तराष्ट्रिय विमानस्थलमा बरामद भएको साढे ३३ किलो सुनका मालिक पत्ता लागेको छ । काभ्रेका खड्का नै उक्त सुनको मालिक भएको सीआईबीको दाबी छ । उनी हाल दुबइमा बस्दै आएका छन् । खड्का १० वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए । ३८ वर्षिय खड्का पछिल्लो समय जागिर छाडेर सुन तस्करीमा संलग्न भएको ब्युरोका अधिकारीहरूको दाबी छ । ब्युरोले दुबई प्रहरीका माध्यमबाट खड्कालाई पक्राउ गर्न खोजेको ब्युरोको अधिकारीहरु बताउँछन् । ब्युरोले एकदुई दिन भित्रमा नतिजा आउने बताएको छ । ब्युरोको अनुसार खड्काले दुबईमा ६ जना नेपालीको साथ लिएर सुन तस्कर गरिरहेको छ । प्रहरी र विमानस्थलका भन्सार कर्मचारीलाई विभिन्न प्रलोभन देखाएर खड्काले लामो समयदेखि नेपालमा सुन भित्र्याइरहेको सीआईबीको अनुमान छ । सीआईबीको प्रारम्भिक अनुसन्धानले नेपालमा नाम चलेका सुन व्यवसायीलाई पनि खड्काले नै दुबईबाट सुन पठाउने गरेको देखिएको छ । गत पुस २१ गते दुबईबाट काठमाडौं आउँदै गरेका बाँकेका गोपालबहादुर शाही साढे ३३ किलो सुनसहित पक्राउ परेका थिए । त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीको सेटिङमा विमानस्थल बाहिर सुन सुटकेसमा बोकेर ल्याए पनि ब्युरोको टोलीले गोल्डेनगेटबाट शाहीलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै जोरपाटीबाट दीलबहादुर थापा र सन्तोष काफ्ले सुन लिन कुरेको अवस्थामा पक्राउ परेका थिए । सिआईबीको अनुसन्धानले सुन तस्करसँग प्रहरीको मिलेमतो पुष्टी गर्यो । सो लगत्तै एसएसपी श्याम खत्री पक्राउ परे । उनले हरेक पटक सुन ल्याउँदा १ लाख लिने गरेको सिआईबीको अनुसन्धानले देखाएको छ । सिआइबीले सुन तस्करमा संलग्न भन्दै थप चार जनालाई सुन बरामद भएको झन्डै दुई महिनापछि पक्राउ गर्यो । अनुसन्धानको क्रममा न्युरोडमा रहेको वैभव सुन पसलका सञ्चालक राजेश शाक्य, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठले तस्करीमा आएको सुन बेच्ने र भारत पठाउने गरेको खुल्न आयो । त्यसपछि उनीहरु पनि पक्राउ परे । अझै सुन तस्करीसँग मिलेमतोको आशंका गरिएका २ जना सुन पसलका सञ्चालक फरार छन् । सुन पसलेहरु मुख्य अभियुक्त खड्काको एजेन्ट भएको अनुसन्धानबाट पत्ता लागेको छ । १२ जना पक्राउ परिसक्दा पनि ३३ किलो सुन काण्डका मुख्य अभियुक्त अझै फरार छन् । के हो ईन्टरपोल ? विश्वभर अपराध बढ्दै गएसँगै विभिन्न देशका प्रहरी संगठनबीच समन्वय र सहकार्यका लागि ईन्टरपोल गठन भएको हो । ईन्टरपोलले विश्वभर लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विभिन्न देशका प्रहरीहरुसंग सहकर्य गर्दछ । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन ईन्टरपोल सन् १९२३ मा अष्ट्रेलियामा गठन गरिएको हो । नेपाल इन्टरपोलको सयौं सदस्य राष्ट्र हो । इन्टरपोलमा हालसम्म एक सय ९० देश सदस्य छन् । इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिशमा रेड कर्नर नोटिस जारी गर्छ । रेडकर्नर नोटिस ? रेडकर्नर नोटिस समबन्धित देशको प्रहरी संगठनको सिफारिशमा इन्टरपोलले जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए प्रहरी संगठनलाई ईन्टरपोलको जरुरत पर्छ । लामो समयसम्म अपरधी फेला नपरे त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ । रेड कर्नर नोटिस जारी भएपछि ईन्टरपोलका सदस्य राष्ट्रहरूलाई अपराधी पक्रन अधिकार प्राप्त हुन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन । सोही अनुरूप खोजी कार्य हुन्छ । अपराधी जहाँ भएपनि पक्राउ गरी कानुनी कारवाहीका लागि बुझाउन ईन्टरपोल खोजी कार्यमा अघि बड्छ । विगतमा नेपाल प्रहरीले माओवादीका नेताहरूविरुद्ध पनि रेडकर्नर नोटिस जारी गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि उनीहरूविरुद्ध लगाइएको रेडकर्नर नोटिस हटाइएको थियो । यी हुन रेडकर्नर नोटिसमा परेका ६२ नेपाली नेपाल प्रहरीको इन्टरपोल शाखाले मात्र १४ नेपाली र दुई विदेशी गरी १६ जनालाई रेडकर्नर नोटिस जारी गरेको छ । इन्टरपोलको वेबसाइटमा रहेको तथ्याङ्क अनुसार अहिले संसारभर ६२ जना नेपाली रेडकर्नर नोटिसमा छन् । चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कार जस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो । ३३ किलो सुन काण्डका हरिशरण खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेललाई प्रहरीले आजबाट रेड कर्नर नोटिस जारी गरेको छ । त्यस्तै भूपेन्द्र खड्का, विष्णुबहादुर लामा, रामबहादुर तामाङ, माधवी श्रेष्ठ, अनुप प्रधान, विनिता प्रधान, विपिन विष्ट, अभिशेष सिंह यिनीहरुको नाम रेडकर्नर नोटिसमा अग्रपक्तिंमा आउँछ । त्यस्तै, भीमे दमाई, हरिहर भुसाल, राजेश भगादुर, रमेश भगादुर, प्रेम सिंह, अंगवीर बोहोरा, चित्रइन्द्रबहादुर सभद, राजबहादुर डोलबहादुर शाही, शिवराज फूलचन्द शर्मा, खुमराज थापा, नन्नु मगर, राजेश क्षेत्री, तहिर साह, रुद्र आचार्य, केशव मगर दर्लामी, रियाज फकिर, उमेस सापकोटाको नाम पनि रेडर्नर नोटिसम उल्लेख छ । रेडकर्नरमा पर्ने अन्य नेपालीहरूमा देवी ओली, मनोजकर्ण जैगदी, कृष्णबहादुर औजी, भक्तबहादुर लामा, ठुलारामबहादुर, छिरिङ तासी, वीरेन्द्रबहादुर थापा, पंकज जोशी, चक्रसिंह ठकुरी, अविमोहम्मद अन्सारी, नुरमोहम्मद अन्सारी, फरमुलाह अन्सारी, ओकेन्द्रबहादुर सिंह, सुर्यबहादुर तामाङ, पशुपतिनाथ शुक्ला, रामकुमार यादव, राजेश बहादुर, पवनकुमार कार्की सकिल हुसेन छन् । हलदिया राहुल, भारत र इयान बकर, युनाइटेड स्टेडका दुई अपराधीलाई नेपालको ईन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ । त्यस्तै गरि अन्य १३ जना नेपालीहरुलाई एल्लो नोटिस जारी गरेको छ । यिनीहरु हराएको हुनाले ईन्टरपोलले एल्लो नोटिस जारी गरेको हो । पार्वती ढुंगाना, केन्द्र एम सी, छोरीमैया मर्हजन, सर्वेश्वर अधिकारी,जगतसिंह तामाङ, अञ्जना घिमिरे मिनबहादु श्रेष्ठ,राजु परियार,हुत्तराज कोईराला,बिरेन्द मल्ल,नरेन्द्र कुमार डागी, सुवास कार्की, फिरेज चौमान ईन्टरपोलको रेडनोटिसमा परेका छन् । ईन्टरपोलको नोटिस फरार अभियुक्त खोज्न – रेडकर्नर नोटिस हतियारबारे जानकारी दिन – ओरेन्ज नोटिस सनाखत हुन नसकेको शवबारे जानकारी दिन – ब्ल्याक नोटिस अपराधीको कार्यशैली जानकारी दिन – ग्रीन नोटिस हराएका व्यक्तिको खोजी गर्न – एल्लो नोटिस डिफ्युजन, अपराधीबारे जानकारी दिन – ब्लु नोटिस –सागर बुढाथोकी

ईन्टरपोल रेड कर्नर नोटिस सिआइबी सुन काण्ड

विशेष