अपराध सुरक्षा

१३२ किलो चरेस र ५२ किलो गाँजासहित तीन भारतीय पक्राउ

१३२ किलो चरेस र ५२ किलो गाँजासहित तीन भारतीय पक्राउ
फागुन–२२ । हेटौंडाबाट तीन भारतीय नागरिकलाई १३२ किलो चरेस र ६२ किलो गाँजा सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । भारतका ३० वर्षीय मेराज साह र २६ वर्षीय मिथलेश सहनीलाई प्रहरीले १३२ किलो चरेससहित हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेबाट पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेको बिआर २९ बि ७१४१ नम्बरको जीम समेत प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धादिङबाट भारत निकासी गर्न लागिएको ५२ किलो गाँजासहित २८ वर्षीय मनोज कुमार यादवलाई प्रहरीले रातोमाटेबाटै पक्राउ गरेको हो । बिआर ०७ जी ५३४० नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा राखेर निकासी गर्न लागेको अवस्थामा यादवालाई पक्राउ गरिएको हो । पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा चरेस भारतीय हेटौंडा

विशेष