अपराध सुरक्षा

फेसबुकमा साथी बनाएर महिलालाई ठगी गर्ने युवक प्रकाउ

फेसबुकमा साथी बनाएर महिलालाई ठगी गर्ने युवक प्रकाउ
फागुन - २३ । फेसबुकमार्फत महिलालाई साथी बनाएर ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२, तनहुँका २७ वर्षिय मोहनबहादुर पाटामगर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए । पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए । प्रहरी उपरीक्षक जोशीका अनुसार सीता गुरुङबाट दुई तोला ५० ग्रामको सुनको सिक्रीसहितको लकेट, देवी मगरबाट एक तोला ५० ग्रामको सुनको सिक्री र जमुना गुरुङको एक तोला ७५ ग्रामको सुनको सिक्री ठगी गरेका थिए । फेसबुकमार्फत ठगी धन्दा गरेका पाटाले आफ्ना बाबु बेलायतको लाहुरे भएको, पोखरा रामबजारमा घर भएको, काठमाडौँ चल्ने दुईवटा माइक्रो बस भएको भन्दै महिलालाई झुट्टा विवरण दिई फसाउने गरेको प्रहरीको दाबी छ ।

Facebook

विशेष