अपराध सुरक्षा

मृत्यु भइसकेका यादवसहित दुई कर्मचारीमाथि रकम दुरुपयोगको मुद्दा दायर

मृत्यु भइसकेका यादवसहित दुई कर्मचारीमाथि रकम दुरुपयोगको मुद्दा दायर
फागुन–२३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिविस बाराका दुई कर्मचारीलाई सरकारी रकम दुरुपयोग गरेको अभियोगमा विशष अदालतमा बिगो दाबीसहित मुद्दा दायर गरेको छ । बाराको कर्चोवा गाविस सचिव जयपत प्रसाद यादव र सूचना तथा समाजिक विकासका अधिकृत भरतप्रसाद यादवलाई सामाजिक सुरक्षा भत्ताको सरकारी रकम दुरुपयोग गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । आरोपी भरतप्रसाद यादवविरुद्ध ६ लाख ४५ हजार १५० बिगो दाबीसहित मुद्धा दायर गरिएको छ । त्यस्तै गाविस सचिव जयपत यादवको २०७१ माघमै मृत्यु भइसकेकाले उनको हकदारबाट असुल गरिने गरी ८ लाख ९६ हजार बिगो दाबीसहितको मुद्धा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा सरकारी रकम दुरुपयोग

विशेष